Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


नीति तथा कार्यक्रममा विदेश जाने जनशक्ति रोक्ने कार्यक्रम आएन : दीपक गिरी


533
Shares

काठमाडौं । नेपाली कांग्रेस सांसद दीपक गिरीले नीति तथा कार्यक्रममा विदेश जाने युवाको लर्कोलाई रोक्नसक्ने कार्यक्रम नसमेटिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद गिरीले विगतलाई सम्झने हो भने सत्ता पक्षीय सांसदको हैसियतमा ‘स्मल इज ब्युटिफुल’ भनेपनि वर्तमान अवस्थामा भने अलिकति नराम्रो नराम्रो हो कि भन्ने लाग्न थालेको बताउनुभएको हो ।

सांसद गिरीले नीति तथा कार्यक्रममा स्पष्ट रुपमा प्रश्तुत भएका कुराहरु बदल्न सकिन्छ त ? भन्दै प्रश्न गर्नुभयो । त्यसैले नीति तथा कार्यक्रममा प्रश्तुत नभएका कुरा चर्चाको रुपमा बलियो ढंगले आएकाले अब परम्परागत शैलीलाई परिवर्तन गर्दा नै राम्रो हुने बताउनुभयो ।

सांसद गिरीले नीति तथा कार्यक्रममा भएका कार्यक्रम लागू गरे वास्तवमै राम्रो रहेको उल्लेख गर्नुभयो ।

Skip This