
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले अनिश्चिकालिन जनआन्दोलनको घोषणा गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा समितिका संयोजक नवराज सुवेदीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन शुरु गर्ने बताउनुभएको हो । उहाँले आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो । भद्रअवज्ञा र सत्यग्रह आन्दोलनको स्वरुप हुने उहाँको भनाइ छ ।
संयोजक सुवेदीले देश महाशक्ति राष्ट्रहरुको रणनीतिको प्रतिस्पर्धा बन्न लागेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुम्दै गएको जिकिर गर्नुभयो । उहाँले देशमा भ्रष्ट व्यवस्था र भ्रष्टहरुको शासन रहेकाले त्यसबाट देश र जनतालाई मुक्त गर्नु आन्दोलनको कार्यभार रहेको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्दै व्यवस्था परिवर्तनका लागि दबाब सिर्जना गर्न समितिमा आवद्ध दल तथा समूहहरु आन्दोलनमा उत्रिने बताउनुभयो । आन्दोलन सरकार वा दलको विरुद्धमा नभएको उहाँको भनाइ छ ।
संयोजक सुवेदीले २०७२ मा जारी भएको धर्म निरपेक्ष गणतन्त्रात्मक संविधान पूर्ण रुपमा असफल भइसकेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्