२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौं : स्वास्थ्यमन्त्री पौडेल


195
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राथमिकता निर्धारण गरेर कुष्ठरोगको नियन्त्रणमा लाग्न जरुरी रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले प्राथमिकतालाई प्रभावकारी ढंगबाट निर्धारण गरेर अघि बढ्न नसकेको स्वीकार गर्दै आगामी दिनमा प्रभावकारी बन्नुपर्ने जरुरी रहेको बताउनुभयो । उहाँले कुष्ठरोग नियन्त्रणका लागि आवश्यक रणनीति अख्तियार गर्न नसकेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न नसकेको भन्दै कतिपय कुराहरु कानूनमा भएपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । नेपालको योजनाको खाका नेपालले नै बनाउनुपर्ने र प्राथमिकताहरु तय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले २०३० मा कुष्ठरोग नेपालबाट सम्पूर्ण रुपमा सधैँका लागि उन्मुलन हुने अठोट सम्मेलनले गर्न जरुरी रहेको बताउनुभयो ।