२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


जलविद्युत आयोजनाको आईपीओ स्वीकृत गर्न सेबोनले बार्गेनिङ गरिरहको सांसद सापकोटाको आरोप


611
Shares

काठमाडौं । काठमाडौं नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत आयोजनासम्बन्धी आईपीओ स्वीकृत गर्न कमिसन मागिरहेको आरोप लगाउनुभएको छ ।

बुधबारको संसद बैठकमा बोल्दै सांसद सापकोटाले बोर्डले साना आयोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गरिरहेको बताउनुभयो । उहाँले बोर्डले कमिसन मागिरहेकै कारण १००९.५२ मेगावाट क्षमताका ४३ जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको आईपीओ अनुमति २२ महिनादेखि रोकिएको उल्लेख गर्नुभयो ।

सांसद सापकोटाले सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादनको लक्ष्य र बोर्डले गरिरहेको रबैयाबीच विरोधाभास रहेको उल्लेख गर्दै तत्काल छानबिनको माग गर्नुभयो ।

बोर्डले कमिसन मागिरेको विषयमा छानविन गर्न सरकारलाई रुलिङ गर्न सभामुखसँग आग्रह गर्नुभयो ।