
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले लोकतन्त्रमा दलहरु चहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको बताउनुभयो । उहाँले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताउनुभयो ।
अध्यक्ष भट्टराईले राजनीतिक दलहरुको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गर्नुभयो । उहाँले नेपालका राजनीतिक दलहरु नयाँ रहेको र दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सिमित रहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरुले सरकारलाई बिना लगानी सम्पती आर्जन गर्ने माध्यम बनाएको बताउनुभयो । राजनीतिक दलहरु विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उहाँको भनाइ छ । दलीय आवद्धता अब नेपालका निम्ति ठूलो बाधक बनिरहेको जिकिर गर्नुभयो ।
अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रलले साँच्चै नै गुणात्मक फड्को मार्ने हो भने गैरआवासीय नेपालीहरुको भुमिका अहं हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्