
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार हालै भएको कश्मीर घटनाको विश्वसनीय, पारदर्शी र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका छन् ।
प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिअनुसार पाकिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदुत हमाद ओबैद इब्राहिम सलेम अल–जबीसँगको भेटमा सरीफले यो कुरा स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्रीले भारतले कुनै प्रमाण बिना पाकिस्तानलाई घटनासँग जोड्ने प्रयास गरेको भन्दै आरोपलाई अस्वीकार गरे । उक्त घटनामा पाकिस्तानको घटनामा कुनै भुमिका नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्