Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


एमाले संसदीय दलको बैठक बस्दै


351
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरीएको हो ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यसूची रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

संसदमा दलको तर्फबाट खेल्ने भूमिकाका बारेमा समेत छलफल हुने प्रमुख सचेतक बर्तौलाले बताउनुभयो ।