
काठमाडौं । सरकारले विपन्न किसानलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने भएको छ ।
शुक्रबार संघिय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले किसानलाई परिचयपत्र दिइने बताउनुभयो । उहाँले किसानले पाउने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले व्यावसायिक खेतीमा बाली लगाइसकेपछि अग्रिम खरिद सम्झौता गर्ने बताउनुभयो । उहाँले सरकारले कृषिमा दिने अनुदान प्राथमिक किसानलाई मात्रै दिने व्यवस्था गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्