२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न


832
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारबाट प्रश्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ ।

शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ ।

संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो । तयारी कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संसद सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो ।

नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले बताएको छ ।