
काठमाडौं । आज १ सय ३६औं अन्तरर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
मे महिनाको १ तारिखका दिन विश्वभर अन्तरर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ ।
श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा यो दिवस मनाउने गरिन्छ ।
विश्वभरका मजदुरले श्रमिक दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाइँदै आइएको हो ।
नेपालमा पहिलो पटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको ट्रेड युनियन महासंघले जनाएको छ । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा हरेक मे १ का दिन सार्वजनिक बिदा समेत दिदै आएकोे छ । प्रत्येक बर्ष श्रमिक दिवस मनाए पनि श्रमिकहरुको अवस्थामा भने सुधार आउन सकेको छैन ।
सरकारले श्रमिकहरुको हक, अधिकारको सुरक्षाकालागि बिभिन्न प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा श्रमिकहरुको अवस्था नेपालमा जस्ताको तस्तै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्