
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको आरोप लगाउनुभएको छ ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाउनुभएको हो ।
महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको आरोप लगाउनुभयो । आयोगका पदाधिकारीहरुको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्तिको परीक्षण नभएको उहाँको भनाइ छ । उहाँले अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ रु भन्दै प्रश्न गर्नुभयो ।
महामन्त्री थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत दोषिलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रको कडीका रुपमा रहेका संस्थाहरुप्रति जनताको विश्वास घट्दै गएको बताउनुभयो । अदालत, अख्तियार र संसदको प्रभावकारीतामाथि निराशा पैदा भइरहेको बताउनुभयो । उहाँले अख्तियार, अदालत, संसद र पार्टीमाथि जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको मुख्य चुनौती रहेको महामन्त्री थापाको भनाइ छ ।
महामन्त्री थापाले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरुको समाधान नेपाली कांग्रेसले दिनुपर्ने बताउनुभयो । उहाँले चाह्यो भने नेपाली कांग्रेस सरकारबाट बाहिरिनसक्ने समेत टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँगपनि सम्झौता नगरिने स्पष्ट पार्नुभयो । उहाँले पूर्वराष्ट्रपति विद्यादेवी विद्या भण्डारी राजनीतिमा आउन लागेको चर्चा कोट्याउँदै कांग्रेसबाट राष्ट्रपतिबाट हुने मान्छेलाई पार्टीमा नफर्काइने बताउनुभयो । उहाँले सबै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो संस्थाको गरिमा राख्नुपर्ने बताउनुभयो ।
संविधानलाई खल्बल्याउने नभई सुदृढ बनाउँर्द लैजाने महामन्त्री थापाको दाबी छ । उहाँले संघीयताले समेत प्रभावकारी ढंगले काम गर्न नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्