३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेन : घनश्याम भुसाल


2.587k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले माओवादी अहिलेको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले कांग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन् रु भन्दै प्रश्न गर्नुभयो ।

महासचिव भुसालले कांग्रेस लायक पार्टी नभएको आरोप लगाउनुभयो । उहाँले माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीको बिरुद्धमा अहिल देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको जिकिर गर्नुभयो । त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद् भएको बताउनु भयो । उहाँले प्रदर्शनमा आउनेहरुले आइ लभ यु केपी बा नभइ क्रान्तिको हिसाव माग्नुपर्ने बताउनुभयो ।

महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपतिहरु फाइदामा रहेको बताउनुभयो । उहाँले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गर्नुभयो ।