१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल छ : जनार्दन शर्मा


364
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल देखिएको बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले बुधबार आयोजना गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको बताउनुभयो । उहाँले कर्मचारीतन्त्रले साशकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गर्नुभयो ।

उपमहासचिव शर्माले राजनीतिक परिवर्तन भएपनि राज्यका अङ्गहरु पुरानै रहेकाले उनीहरुको बुद्धि विवेकले काम नगरेको आरोप लगाउनुभयो । उहाँले सत्तामा पुगेका हरेक नेताहरुलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गर्नुभयो । अबको विकल्प राजनीतिमा नभइ कर्मचारीतन्त्रमा चाहिएको उहाँको भनाइ छ ।

उपमहासचिव शर्माले राज्य संयन्त्रभित्र सुधार गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान अर्थतन्त्रमा देखिएको संकटको समाधान नेताहरुले दिनुपर्ने उहाँको भनाइ छ ।