२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


संविधानको विरोध गरिरहनुपर्दैन : उपेन्द्र यादव


0
Shares

विराटनगर, असोज २ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताएका छन् ।

विराटनगरमा मंगलबार सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधानबारे रहेको असहमतिलाई सम्बोधन गरी संशोधन र परिमार्जन गर्दै लैजाने प्रक्रिया सुरु भइसकेकाले संविधानको विरोध गरिरहनुनपर्ने बताए ।

उनले केही व्यक्तिले ‘बाटाबाटामा निकालेको विज्ञप्ति’को कुनै औचित्य नरहेको पनि स्पस्ट गरे ।

एक प्रश्नका जवाफमा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यकर्मीको सरुवामा केही त्रुटि देखिएकाले मन्त्रालयले छानबिन समिति बनाएको र यसको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गरिने जानकारी दिए । रासस