Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका महिलाहरु सम्मानित


312
Shares

काठमाडौं । सिर्जना कलेज अफ फाइन आर्टसले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सनिता डंगोलले विभिन्न क्षेत्रमा विशेष योगदान पुय्राउनुहुने व्यक्तित्वहरुलाई सम्मानित गर्नुभयो ।

सम्मानित हुनेहरुमा नर्सिङ क्षेत्रमा योगदान पुय्राएकोमा सावित्रि सिंह चित्रकार,साहित्यतर्फ भागिरथि श्रेष्ठ, वरिष्ठ गायिका मीरा राणा, शिक्षा क्षेत्रमा योगदान पुय्राएबापत कुमारी कमला राई त्यसैगरि माइक्रोबायोलोजि तर्फ प्राध्यापक डाक्टर अन्जना सिंहलाई, चित्रकाला तर्फ एरिना ताम्राकारलाई, समाज सेवा तर्फ रक्षा नेपालकी मेनुका थापा र इमेज च्यानलमा कार्यरत सञ्चारकर्मी शैलजा ंिसंहलाई अष्टमातृका सम्मानद्धारा सम्मानित गरियो ।

यसैक्रममा सिर्जना कलेजले प्रकाशन गर्दै आएको लावाण्य बार्षिक पुस्तकको पाचौ संस्करण विमोचन गरिएको थियो ।