Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


६ देशका गैरआवासीय राजदुतले राष्ट्रपति पौडेललाई बुझाए ओहोदाको प्रमाण पत्र


676
Shares

काठमाडौं । विभिन्न ६ देशका गैरआवासीय राजदुतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बिहीबार राष्ट्रपति निवास शितलनिवासमा पुगेर उनीहरुले राष्ट्रपति पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

गणतन्त्र गिनीका अलास्सेन कोन्टे, गणतन्त्र युगाण्डाका जोइस काकुरामत्सी किकाफुण्डा, बोस्निया तथा अर्जगोभिनाका जारिस हर्ले, गणतन्त्र ग्वाटेमालाका उमर लिसान्ड्रो कास्टानेडा, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउत्सोमितोपौलोले ओहोदाका प्रमाणपत्र पेश गर्नुभएको हो ।