काठमाडौं, असोज २ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ ।
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । शल्यक्रिया डा. रेशा श्रेष्ठ र डा. वसन्त पन्तले गरेका थिए ।
कलाकार श्रेष्ठमा ९ वर्षदेखि सो रोगको लक्षण देखापरेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकाले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो । दिमागको दाहिने भागमा समस्या देखिएमा देब्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
उक्त शल्यक्रिया सो अस्पतालमा पहिलोपटक गरिएको हो ।
कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमितरुपमा सन्चालन गर्ने अस्पतालले जनाएको छ ।
कलाकार श्रेष्ठको देब्रेपट्टी पनि समस्या देखिन थालेकाले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस




प्रतिक्रिया दिनुहोस्