Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


समितिमा विचाराधिन विधेयकहरु छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह


1.1k
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले विधि निर्माणको प्रक्रिया सुस्त भयो भन्ने जनगुनासो आएको भन्दै समितिमा विचाराधिन रहेका विधेयकलाई छिटो टुंगो लगाइ सभा समक्ष पेस गर्न आग्रह गर्नुभयो । उहाँले सभाले पनि छिटो पारित गर्न आवश्यक काम गर्नुपर्नेमा सरकार रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय आवश्यकता महशुस गरेर ल्याएको र धितोपत्रसँग सम्बन्धित लगायतका केही विधेयकहरु पनि चैत्र मसान्तसम्म समितिबाट सभामा पेश गर्नेगरी छल फल अघि बढाउन आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले समिति समक्ष विचाराधिन विधेयकहरु आवश्यकताको दृष्टिकोणले महत्वपूर्ण रहेकाले यथाशक्य चाँडो निस्कर्षमा पुग्न आग्रह गर्नुभयो ।