 
	    एजेन्सी । प्यालेस्टेनी विद्रोही समुह हमास र इजरायलबीच पहिलो चरणको युद्धविरामको समयसीमा सकिँदा पनि दोश्रो चरणको वार्ता अन्यौलमा परेका छ ।
इजिप्टको मध्यस्थतामा कायरोमा शुरु भएको बैठकमा इजिप्ट, इजरायल, कतार, अमेरिकालगायत हमासका अधिकारीहरु सहभागी भएपनि सहमति जुटन् सकेको छैन । वार्तामा सहभागीहरुबीच सहमति नजुटेपछि इजरायली वार्ता टोली इजरायल फर्केका छन् ।
पहिलो चरणको युद्धविरामअन्तर्गत हमासले जिउँदो र मृतक बन्दी रिहा गर्दा इजरायलले पनि आफनो देशको कारागारमा रहेका सयौं कैदी बन्दी रिहा गरिसकेको छ ।
दोश्रो चरणको वार्तामा युद्धविरामको समयसीमा बढाउने सम्बन्धि खाका तयार पारिनुका साथै हमासको कब्जामा रहेका सबै बन्धकहरुको रिहाइ, गाजामा मानवीय सहायता मुख्य प्राथमिकतामा राखिने विषयमा छलफल भएको थियो ।
इजरायलले हमासको कब्जामा रहेका सम्पुर्ण बन्दी पहिले फिर्ता गर्नुपर्ने शर्त हमासले अस्वीकार गरेपछि दोश्रो चरणको वार्ता अन्यौलमा परेको हो ।
इजरायलका अनुसार हमासको कब्जामा अझै पनि ५९ जना बन्धकहरु रहेका छन् । ती मध्ये २४ जना जिउँदै रहेको र ३५ जनाको मृत्यु भइसकेको अनुमान पनि इजरायलको छ । यद्यपी हमासले आफना साथमा बाँकी रहेका बन्धकको हकमा कति जिवित र कतिको मृत्यु भइसक्यो भन्ने बारेमा कुनै जानकारी दिएको छैन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्