Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


जेष्ठ नागरिकको सीप विद्यार्थीहरुलाई हस्तान्तरण


390
Shares

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाको वडा नं. ५ मा रहेको गोगनपानी आधारभूत विद्यालयका विद्यार्थी र अन्य युवालाई मकैको भुत्ला र प्लाष्टिकबाट चकटी बनाउन, बाबियाको कूचो बनाउन तथा बाँसबाट मुढा बनाउने तालिम दिइएको छ ।

जेष्ठ नागरिकहरुले विद्यार्थीहरु तालिम दिएका हुन् । उक्त कार्यक्रममा वातावरण संरक्षण र प्लाष्टिकले गर्ने प्रदूषण नियन्त्रणमा सहयोग होस् भन्ने उद्देश्यले चाउचाउको खोल र विस्कुटको खोल तथा प्लाष्टिकबाट चकटी बनाउन सिकाइएको थियो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले जेष्ठ नागरिकहरुसँग विभिन्न ज्ञान, सीप र अनुभव भएको हुदाँ त्यसलाई अरु पुस्तामा पनि हस्तान्तरण गर्दै जानु पर्ने बताउनुभयो । उहाँले वातावरण प्रदुषणलाई रोक्न काम नलाग्ने प्लाष्टिकले दैनिक प्रयोग हुने समाग्री बनाउनु महत्वपूर्ण सुरुवात भएको भन्दै मौलिक संस्कृति, सिप, इतिहासबारे पछिल्लो पुस्ताले अनुसरण गर्दै सिकेको सिपलाई जीवनउपयोगी बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

सीप सिक्न पाउँदा विद्यार्थीहरु र सीप सिकाउन पाउँदा जेष्ठ नागरिकहरु उत्साहित भएका छन् ।