
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताउनुभएको छ ।
मंगलबारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी)खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिकहरु बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताउनुभयो । उहाँले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभइ स्वस्थ रहनका लागि खानुपर्ने बताउनुभयो । उहाँले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताउनुभयो ।
स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने बताउनुभयो । बिरामी हुनै नदिने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । सन् २०३० सम्म पाठेघरको क्यान्सरबिरुद्धको अभियानलाई पूर्ण रुपमा सफल बनाउने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्