 
	    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मी कालिगण्डकी गाउँपालिकाको देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
सापकोटासहित विद्यालयका तत्कालीन प्रधानाध्यापक तथा सदस्य सचिव मित्रलाल पाण्डे, कर्मचारी प्रेमनारायण पाण्डेय, व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपाने विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरिएको हो ।
शिक्षक छनौटको कानुनी प्रक्रिया पूरा नगरी असम्बन्धित व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिएको तथा नक्कली कागजपत्रको आधारमा हाजिरी विवरण बनाई गाउँपालिकामा पेश गरेको तथा विद्यालयमा उपस्थित नै नभएका शिक्षकको नाममा एकमुष्ठ पारिश्रमिक रकम निकासा गराई भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
गलत लिखत तयार एवं गैर कानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले उनीहरुबाट ८ लाख ८७ हजार ८ सय ८० रुपैयाँ बिगो समेत भराउन माग गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्