१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


वन डढेलो नियन्त्रण तथा पूर्वतयारीको एजेण्डासहित संघ र प्रदेशमन्त्रीहरुको बैठक सुरु


91
Shares

काठमाडौं । वनको संरक्षण र व्यवस्थापनका लागि संघीय राजधानी काठमाडौंमा मन्त्री र प्रदेशमन्त्रीहरुको बैठक सुरु भएको छ ।

सोमबार ललतिपुरमा संघका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा सात वटै प्रदेशका वन क्षेत्र हेर्ने मन्त्रीहरुको सहभागिता रहेको छ ।

बैठकमा वन व्यवस्थापन, काठ दाउराको उत्पादन र उत्पादित काठ दाउरालाई नागरिकको घरसम्म कसरी पु¥याउने भन्ने विषयवस्तुहरु रहेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवप्रसाद वाग्लेले बताउनुभयो । उहाँले साथै डढेलो लाग्न नदिन पूर्वतयारीका बारेमा पनि छलफल हुने जानकारी दिनुभयो । उहाँले वनको संरक्षणका लागि तीन तहकै सरकारको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।