१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता


0
Shares

काठमाडौं, असार ६ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उपचारमा सहुलियत दिने उद्देश्यले राजधानीको चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौतामा कुमारी बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् कुमारी बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएको छ । 

यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगायत देशभित्रका अन्य अस्पताल नर्भिक, ग्रान्डी, बयोधा, चिरायु, अल्का, आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ८६ वटा शाखा, ६१ वटा एटिएम तथा २ वटा एक्सटेन्सन काउण्टरद्वारा सेवा दिइरहेको छ ।

त्यस्तै, बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा तथा भाईबर बैंकिङ्ग सेवा पनि प्रदान गर्दै आईरहेको छ ।