९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


सत्ताको नाममा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने कुराको बन्ध्याकरण भयो : प्रधानमन्त्री ओली


975
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनतालाई तिरस्कार गर्दै सत्ता-पत्ता खेलिरहने विद्रुप स्थितिको बन्ध्याकरण भएको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै गएको ६ महिनामा संसदीय राजनीतिमा सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता-पत्ता खेलिरहने विद्रुप स्थितिमा वन्ध्याकरण भएको बताउनुभयो । उहाँले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता नीतिगत सुधार रहेको बताउनुभयो ।