१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगहरुले पूर्णता पाउँदैछन् : प्रधानमन्त्री


182
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगहरुले पूर्णता पाउने क्रममा रहेको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको १०० दिन भित्रै १८ वर्ष अघिदेखि थालनी भएको शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निस्कर्षमा पु¥याउन सफल भएको बताउनुभयो । त्यही सिलसिलामा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र प्रमाणिकरण भइसकेको र आयोग पूर्णता पाउने क्रममा रहेको बताउनुभयो । सबै मन्त्रालय अन्तर्गत अहिलेसम्म शुरु भएका सबै परियोजनालाई सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति केन्द्रित गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्ने प्राथमिकता तोकेर योजना बनाएका बताउनुभयो ।