
काठमाडौं । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुरु गरेको छ । ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुरु गरिएको हो ।
महानरपालिकाले सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक सचेतना कार्यक्रम शुरु गरेको ललितपुरका प्रमुख चिरिबाबु मर्हजनले बताउनुभयो ।
साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत ललितपुर महानगर प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकहरूले चोक–चोकमा बसेर ट्राफिक सचेतना प्रदान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्