२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


माघ १८ गते संसद अधिवेशन बोलाउने सरकारको निर्णय


871
Shares

काठमाडौं । सरकारले माघ १८ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १ बजेका लागि संसद अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदको आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले माघ १८ गते शुक्रबार दिनको १ बजे सदन बोलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री गुप्ताले प्रतिपक्ष दलहरुले कहिलेबाट संसद बोलाउने भन्ने प्रश्न गरिरहेको भन्दै त्यसको जवाफ प्राप्त भएको पनि बताउनुभयो ।