
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह-२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
महामन्त्री थापाले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रुपमा रहेको बताउनुभयो । उहाँले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताउनुभयो ।
महामन्त्री थापाले अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानूनहरु बनाएपनि मुल कानून बनाउन नसकिएकाले अब बन्ने कानून कृषिको मुल कानून हुने बताउनुभयो । कृषिको मुल कानून बनाउन नसक्दा कृषिले गति लिन नसकेको बताउनुभयो । रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्वपूर्ण रुपमा हेरिनुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरु महत्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्वपूर्ण बन्न नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्