५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


पूर्वडीआईजी छविलाल जिल्ला अदालत काठमाण्डौ उपस्थित


1.209k
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । आज उनी आफैं अदालत हाजिर भएका हुन् ।

जोशीको आजैबाट बयान तथा थुनछेक बहस शुरु हुनेछ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की अदालतले छविलाई ८८ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । जोशी गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक हुन् ।

सो प्रकरणमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने गत साता नै अदालतमा हाजिर भएका थिए । लामिछाने ६० लाख धरौटी तिरेर छुटिसकेका छन् ।