
फाइल तस्बिर
काठमाडौं । थाइल्याण्डबाट पुनः एक नेपालीको उद्धार गरी स्वदेश फर्काइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।
उनी आकर्षक रोजगारीको प्रलोभनमा परी लाओसको गोल्डन ट्रयांगल पुगेको र त्यहाँ उनलाई गैरकानुनी काम गर्न बाध्य पारिएपछि भागेर थाइल्याण्ड छिरेको जनाइएको छ ।
थाइल्याण्ड छिरेपछि उनलाई थाई सरकारको सहयोगमा नेपाल फर्काइएको दुतावासले जनाएको छ । नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानुनविपरीत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन पनि दूतावासले पुनः आग्रह गरेको छ ।
गत मंसिर १६ गते इमेज च्यानलले कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डमा फसेका नेपालीहरुका बारे समाचार सम्प्रेशण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्