
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष नेपालले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको बताउनुभयो । उहाँले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले अहिलेको सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको बताउनुभयो । उहाँले संविधान संशोधन गर्न भनेर २०८७ सालसम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलव विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गर्नुभयो । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरुले सडक संघर्ष गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्