
काठमाडौं । लामिना टायल्स ब्रान्ड अन्तर्गत नेपालमा पहिलो पटक शतप्रतिशत भिट्रिफाइड टायल्स उत्पादन गर्दै आएको लुम्बिनी सेरामिक्सले कम्पनीका उत्पादन छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको दाबी गरेको छ ।
नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय टायल्स उपलब्ध गराउन कम्पनीको स्थापना गरिएको कम्पनीको दाबी छ ।
कम्पनीले बर्दिया जिल्लाको गुलरियामा साढे १२ बिगाह क्षेत्रफलमा युरोपियन स्तरको कार्खाना स्थापना गरेर गत कात्तिकदेखि लामिनार टायल्स बजारमा ल्याएको हो । छोटो समयमा नै यो टाइल्सले निर्माणकर्मी, इञ्जिनियर, इन्टेरियर डिजाइनर तथा आम नेपाली उपभोक्ताहरुको मन जितिसकेको कम्पनीको दाबी छ ।
लामिनार टाइल्स शतप्रतिशत भिट्रिफाइड भएकाले पानी र दाग प्रतिरोधी हुनुका साथै अत्यधिक मजबुत र छिद्रमुक्त यी टाइल्स लामो समयसम्म टिक्ने दाबी पनि कम्पनीको छ । अन्तर्राष्ट्रिय स्तरका कच्चा पदार्थ र ग्लेजको प्रयोगले यी टाइल्सलाई बलियो, टिकाउ र सजिलै सफा र स्याहार गर्न मिल्ने एवं भित्री र बाहिरी सबै प्रकारका सतहहरूका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्