
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मेयर महर्जनले यस्तो बताउनुभएको हो ।
मेयर महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनःनिर्माण सम्पन्न भइसकेको बताउनुभयो । उहाँले वतावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताउनुभयो । ललितपुर महानगरभित्र खुला ठाउँ नभएको कारण केही समस्या भइरहेको उहाँले बताउनुभयो ।
मेयर महर्जनले स्मार्ट सिटी बनाउनका लागि कम्तिमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाएँ रहेको बताउनुभयो । उहाँले पहिले नै नेपाल आर्मी लगायतले खालि ठाउँ लगिसकेको कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताउनुभयो ।
मेयर महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्