२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


‘स्काइवर्थ सपना साकार’ क्याप्पेनको बम्पर उपहार विजेता घोषणा


91
Shares

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्राइभेट लिमिटडले स्कार्यवर्थ सपना साकार क्याप्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एमजी कमेट इभी कार विजेता बनेका काठमाडौंका रवि अर्याललाई कारको साँचो हस्तान्तरण गरियो । साथै उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैंले व्यहोर्ने पनि जानकारी सो अवसरमा दिइयो ।

स्मार्ट एप्लायन्सेस प्रा.लि.को स्काईवर्थ सपना साकार उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म संचालन गरिएको थियो । कम्पनीका म्यानेजर अमित बज्राचार्यले कम्पनीले गुणस्तरलाई ध्यान राख्दै अगाडि बढ्ने बताउनुभयो ।