२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025


‘नेपाल एयरलाइन्स कमजोर हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन हुन सकेन’


585
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण नेपाल एयरलाइन्स कमजोर हुनु रहेको बताउनुभएको छ ।

शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडानसम्बन्धी कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैभन्दा पहिला नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले कोरला नाका व्यवस्थित बनाउनसके पनि गण्डकी प्रदेशमा पर्यटनको महत्व बढ्ने बताउनुभयो । उहाँले पर्यटनसँगै आर्थिक र औद्योगिक गतिविधिहरु पनि बढ्ने दाबी गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौं, मधेश प्रदेशको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलभित्र समेटिने क्षेत्र नै नेपालमा आर्थिक हब बन्ने बताउनु भयो ।

सञ्चारमन्त्री गुरुङ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्नेकुरा महत्वपूर्ण रहेको बताउनुभयो ।