काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकासका लागि अधिकारसँगै सबैले आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको चौथो साधारण सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले समाजमा युवाहरु नेपाला बस्न नचाहेको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो । उहाँले युवा पलायन रोक्न जिम्मेवारी नलिने तर समाजमा भ्रम सिर्जना गर्नेहरुबाट सचेत हुनुपर्ने बताउनुभयो. । उहाँले अधिकारको कुरा ठूलोठस्लो स्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदा सबै पछि हट्ने प्रवृत्तिको कारण समाज अगाडि बढ्न नसकेको बताउनुभयो ।
मुलुकको विकासका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्