७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


हस्तकलाजन्य सामाग्रीहरुको निर्यातमा बढी जोड दिऔं : प्रधानमन्त्री ओली


169
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तकलाजन्य सामाग्रीहरुको निर्यातमा बढी जोड दिनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल हस्तकला महासंघको ४४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले हस्तकलाजन्य सामाग्रीहरुको निर्यात बढाउनका लागि आवश्यक काम गरिरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आन्तरिक बजारमा भन्दा निर्यातमा जोड दिन पनि हस्तकला महासंघलाई आग्रह गर्नुभयो । हस्तकला उद्योगलाई अघि बढाउन आफ्नो निर्वाचन क्षेत्रमा सिलाई, कपडाजन्य उद्योगहरु सञ्चालनका लागि सहयोग गरिरहेको बताउनुभयो । उहाँले हस्तकलाजन्य सामग्रीहरुले महिलालाई आत्मनिर्भर बनाउन, आय बढाउन र आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल कलाको इतिहास बोकेको देश भएको बताउनुभयो । उहाँले कलाका लागि नेपाल प्रसिद्ध भएको उल्लेख गर्नुभयो । आयात प्रतिष्थापनका लागि उपभोग्य वस्तुहरुको उत्पादन स्वदेशमै गर्न सकिने बताउनुभयो ।