काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्ने बताउनुभएको छ ।
शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउन भएको हो ।
अध्यक्ष ढकालले सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावका आधारमा नीतिहरु बनाउन नसक्दा अर्थतन्त्रले अहिले चुनौति भोग्नुपरेको बताउनुभयो । उहाँले त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने राज्यले सोचेको दाबी गर्नुभयो ।
अध्यक्ष ढकालले निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समयमा नीतिहरु बनेको भए अहिलेको समस्या भोग्नु नपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र खुम्चिएर गएको भन्दै राज्यको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता थुप्रिएको बताउनुभयो ।
अध्यक्ष ढकालले अहिले व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था नभएको बताउनुभयो । उहाँले सरकारको नीतिको कारण अफ्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरुलाई सहजिकरण गर्ने नीति नबनेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसक्ने अवस्था नभएको बताउनुभयो ।
अध्यक्ष ढकालले पर्यटन क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातारण नभएको बताउनुभयो । उहाँले सानो आयोजना बनाउनको लागि राज्यको वनदेखि लिएर जग्गाका नीतिको कारण सहज अवस्था नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्