१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


छंगु ल्यूल्यू गायन तथा टिकटक प्रतियोगिताको पुरस्कृत घोषणा


871
Shares

काठमाडौं । अमर चित्रकारको शब्द, रचनाकार चित्रकार र सरीता महर्जनको स्वर, भूपेन्द्र बज्राचार्यको संगीत रहेको लोकप्रिय गीत “छंगु ल्यूल्यू” गायन प्रतियोगिता चन्द्रकृष्ण प्रजापतिले जितेका छन् ।

उनले गीत रेकर्डिङ तथा म्युजिक भिडियो पुरस्कार प्राप्त गरेका छन् भने टिकटक प्रतियोगितामा प्रथम भएर श्रृतिका श्रेष्ठले रु १५ हजार नगद पुरस्कार जितेकी छिन् । श्रेष्ठले नै टप भ्यूज समेत प्राप्त गरी थप ५ हजार नगद पुरस्कार जितेकी हुन् ।

गायन प्रतियोगितामा द्वितीय भएर राजेशराज बज्राचार्य तथा तृतीय भएर सविनरत्न शाक्यले गीत रेकर्डिङको पुरस्कार प्राप्त गरेका छन् । टिकटक प्रतियोगितामा श्रीजा अवालेले नगद पुरस्कार १० हजार रुपैयाँसहित द्वितीय, निकी बज्राचार्य देसार ५ हजार नगदसहित तृतीय तथा रु. १ हजार ५ सय नगदसहित बबिता रञ्जित, रेश्मा महर्जन, कृष्मा चित्रकार, सुयन चित्रकार, विजय डंगोल, ममता श्रेष्ठ व समीर शंखदेव प्रजापति ले सान्त्वना पुरस्कार जितेका छन् ।

कार्यक्रममा यस प्रतियोगिताका निर्णायकहरु निल शाक्य, भूपेन्द्र बज्राचार्य, सुरजवीर बज्राचार्य, अमोघवीर बज्राचार्य सम्मान गरिएको थियो ।

ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले विजेता प्रतियोगीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने खादा तथा माला कार्यक्रमकी सभापति गायिका सरीता महर्जन र विशेष अतिथि विजयरत्न असंबरेले ओढाउनु भएको हो ।
कार्यक्रमको दोश्रो चरणमा सरीता महर्जनको स्वर, आनन्दरत्न बज्राचार्यको शब्द र अनिल तुलाधरको संगीत रहेको नेपालभाषाको नयाँ गीत ‘हायेकेमते’ प्रेमियर गरिएको थियो ।

मनोज महर्जन, हसना महर्जन, रुपा मानन्धर र सुब्रिना चित्रकारको अभिनय, मानन्धरको मेकअप, अमर चित्रकारको छायाँकन, सम्पादन तथा कलर, सुमन बज्राचार्यको कोरियोग्राफी तथा खःसा राजेन्द्र महर्जन निर्देशन रहेको सो म्यूजिक भिडियो टाइम आउट रेष्टुरेन्टमा आयोजित समारोहमा सार्वजनिक गरिएको थियो भने कार्यक्रम सुरजवीर बज्राचार्यले संयोजन एवं संचालन गर्नुभएको हो ।