६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


नेपालले सुनको कमण्डलु बोकेर विदेशीसँग भिक्षा मागिरहेको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी


7.566k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको मार्ग दर्शनलाई आत्मसात् गर्न सके नेपाललाई कसैले केही गर्न नसक्ने बताउनुभएको छ ।

पृथ्वी जयन्तीको अवसरमा भिडियो सन्देश दिंदै पूर्वराजाले विदेशी भूमिमा तय हुने नीति र दर्शन नेपाल र नेपालीलाई नचाहिने बताउनुभएको छ ।

हामी मध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी प्रतिपादित वादमा रमाउने गरेको भन्दै उहाँले त्यसो किन भईरहेको हो भनेर प्रश्न गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

बडामहाराजाधिराका दिव्यउपदेशबाट नेपाललाई तीन शताब्दी अघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भएको पनि पूर्वराजा ज्ञानेन्द्र शाहले उल्लेख गर्नुभएको छ । नेपालले सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेका उहाँको टिप्पणी छ ।

आवधिक निर्वाचन र स्वतन्त्रताले मात्र प्रजातन्त्रको मूल्य बोक्न नसक्ने भन्दै उहाँले राष्ट्रियता, आमसुरक्षा र गासबाससहितको व्यवस्था नै पूर्णप्रजातन्त्र हुने बताउनुभएको छ ।