७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छ : अध्यक्ष ढकाल


221
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुमा जम्मा भएको प्रिमियम रकम विकास निर्माणमा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्लो समय बीमा कम्पनीहरुले बीमा प्रिमियममार्फत उठाएरको रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्धति खातामा ४ प्रतिशत ब्याजमा राख्ने गरेको बताउनुभयो । उहाँले बीमा कम्पनीहरुले बीमा प्रिमियमबाट उठेको रकम बैंकको मुद्धती निक्षेपमा राख्न नहुने बताउनुभयो ।

अध्यक्ष ढकालले बिमा प्राधिकरणले बीमा कम्पनीहरुले पूर्वाधार निर्माणमा केही प्रतिशत रकम अनिवार्य लगानी गर्ने सकुर्लर जारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले बीमा कम्पनीहरुले बैंकको मुद्धति निक्षेपमा रकम राख्ने भन्दा पनि पूर्वाधार निर्माण, पर्यटन, जलविद्युत, उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले प्राधिकरणले बीमा कम्पनीका सञ्चालक र कार्यकारी प्रमुखलाई पारदर्शी बनाएर बीमा क्षेत्रको माइक्रोम्यानेजमेण्ट गर्न आवश्यक नभएको बताउनुभयो । उहाँले बीमा कम्पनीले संकलन गर्ने रकम विकास निर्माणमा लगानी गरे मुलुकको अर्थतन्त्रका ठूलो योगदान गर्नसक्ने बताउनुभयो । उहाँले पूर्वाधार निर्माण,आर्थिक गतिविधि,रोजगारी सिर्जना राजश्व बढाउने काम गर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले सर्वसाधरणले बीमामा प्रिमियम बढी भएको गुनासो गरेको बताउनुभयो । उहाँले बीमा गर्दा प्रिमियम बढी तिर्ने तर बीमा गरेबापत लिनुपर्ने वास्तविक रकम दिन गाह्रो रहेकाले सहजिकरण गर्न आवश्यक रहेको बताउनुभयो ।