Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


झिंगाले सरापेर डिंगा मर्दैन : प्रधानमन्त्री ओली


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताउनुभएको छ ।

बिहीबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति भएको बताउनुभयो । झिंगाले सरापेर डिंगा नमर्ने भन्दै अरुले सरापेर एमाले नसकिने टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ की छैन भन्नेकुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने बताउनुभयो । उहाँले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने बताउनुभयो ।