१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


भूकम्प अपडेट : चीनमा ९५ जनाको मृत्यु, १३० घाइते


1.612k
Shares

एजेन्सी । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ ।

दिउँसो ३ बजेसम्म उद्धारका क्रममा ९५ जनाको मृत्यु भएको र १३० जना घाइते भएको पुष्टि भएको हो ।

मंगलबार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । मंगलबार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।