Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व : उपप्रधानमन्त्री सिंह


0
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल व्यवसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले कलाकारहरुले आफ्नो कलाकारितामार्फत नेपाललाई विश्वभर चिनाइरहेको उल्लेख गर्नुभयो । उहाँले कलाकारिता क्षेत्रमा भावी पुस्ताले भविष्य सुनिश्चित देख्नेगरी काम गर्न जरुरी रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले कलाकारिताको माध्यमबाट कलाकारहरुले नेपाललाई विश्वमा चिनाइरहेको बताउनुभयो ।