काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु संघीयताप्रति उदार बन्न नसकेको बताउनुभएको छ ।
मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
महामन्त्री थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरु सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताउनुभयो । उहाँले संघीयताप्रति अनुदार भएर विकासका कामहरु हुन नसक्ने बताउनुभयो ।
महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानून बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्नेकुरा नयाँ र क्षेत्रीय दलहरुले समेत भन्न नसकेको बताउनुभयो । उहाँले सबैलाई सरकारमा बस्नका लागि शर्त नराखिकन अघि बढ्ने गरेको बताउनुभयो । उहाँले शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिनेगरी सोच बनाइने गरेको बताउनुभयो ।
महामन्त्री थापाले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको बताउनुभयो । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्