७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


नेकपा एमाले केन्द्रीय कमिटी बैठक जारी


169
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठक आइतवारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक र पार्टी महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदनउपर केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।