काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज मंगलबार नेपाल पुलिस क्लब र बागमती युथ क्लबबिच खेल हुँदैछ । एन्फा मैदान सातदोबाटोमा दिउसो ३ बजे खेल शुरु हुनेछ ।
जारी लिगमा दुवै टोलीको यो तेस्रो खेल हो । लगातार दुई खेल हारेको बागमती आज पहिलो जितको खोजीमा हुनेछ । उता एक जित र एक बराबरीका साथ चार अंक जोडेको पुलिस क्लब आजको खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
लगातार दुई खेल जित्दै ६ अंक जोडेको सशष्त्र प्रहरीको एपिएफ क्लब तालिकाको शीर्ष स्थानमा रहेको छ । हिजोको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ९–० को फराकिलो गोलअन्तरमा हराउँदै एपिएफ शिर्ष स्थानमा उक्लिएको हो । अन्तिम चरणको एन्फा महिला लिगमा आर्मी, पुलिस, एपिएफ, बागमथी युथ र वालिङ नगरपालिका सहभागि छन् ।
प्रतिक्रिया दिनुहोस्