५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


सहकारीहरुले हामी ठिक अवस्थामा छौं भन्ने सन्देश दिन जरुरी : मन्त्री अधिकारी


325
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरु चिर्न सहकारीहरुले आफूहरु ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

मन्त्री अधिकारीले सहकारीबारे फैलाइएका हल्लाहरु मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको बताउनुभयो । सबै सहकारीहरु एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरुले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले छिमेकी मुलुकहरुले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो ।