५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


आज पनि माओवादी केन्द्रीय समितिको बैठक बस्दै


117
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सोमबार पनि बस्दै छ । आइतबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा शुरु भएको बैठक आज पनि बस्दैछ ।

बैठकको पहिलो दिन आइतबार अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, स्रोत खुलाउनु पर्र्नेलगायतका एजेण्डा उल्लेख गर्नुभएको थियो ।

यस्तै प्रदेशको रिपोर्टिङ गर्नेहरुले स्थानीय तहको उपनिर्वाचन सन्तोषजक भए पनि धेरै उत्साहित हुनुपर्ने नरहेको बताएका थिए । उनीहरुले केन्द्रीय नेतृत्व गाउँ तहसम्म पुग्नु पर्ने मागसमेत गरेका थिए । आजको बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने बताइएको छ ।